Logo

अब सन्दीप लामिछानेले मासिक २० हजार रकम पाउने



Spread the love

२५ असार,काठमाडौं- सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागि २००००  को प्रायोजन गर्ने सम्झौता गरेको छ ।एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर लामिछानेबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । लामिछानेले लेग ब्रेक बलिङ स्टाइलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।उनीले बंगलादेशमा सम्पन्न आईसीसी अण्डर १९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै ‘वल्र्ड ड्रिम टिम’ मा स्थान बनाएका थिए । प्रमुख कार्यकारी दाहालले सम्पूर्ण लामिछानेलाई प्रयोजन गर्न पाएकोमा खुसी व्यक्त गरे ।संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत सानिमा बैंकले लामिछानेलाई मासिक रुपमा प्रायोजित रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गर्ने भएको छ । सन्दीप्ले लामिछने कम उमेरमै सर्बाधिक लोक्प्रिय हुने युबा क्रीकेटर  हुन ।

प्रतिक्रिया दिनुहोस्