इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को उपाधि मुम्बई इन्डियन्सले जितेको छ। आइतवार भएको फाइनलमा चेन्नाईलाई १ रनले हराउँदै मुम्बई आइपीएल इतिहासमा चौथो पटक च्याम्पियन बनेको हो।
रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले चौथो पटक उपाधि जितेको हो। मुम्बईले यसअघि सन् २०१३, २०१५ र सन् २०१७ मा पनि उपाधि जितेको थियो।
१५० रनकाे लक्ष्य पछ्याएर मैदानमा उत्रिएकाे चेन्नईले २० ओभरमा सात विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सफल भयाे । मलिङ्गाकाे अन्तिम बलमा चेन्नईका ब्याट्सम्यान एलबिडब्लू आउट भए ।
अत्यन्त रोमान्चक बनेको खेलमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनी चाहिँ जम्मा दुई रन बनाएर आउट भए । चेन्नईका ओपनर फाँफ डू प्लेसीले पनि राम्रो गर्न सकेनन् । उनी १३ बलमा २६ रन बनाएर आउट भए । चेन्नईका लागि पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ५० रनको लक्ष्य दिएको थियो । चेन्नईका लागि सेन वाट्सनले ८० रनकाे याेगदान दिए ।
यसभन्दा पहिले टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । आफ्नो ३३ औं जन्मदिनमा केरान पोलार्डले २५ बलमा ४१ हाने । उनी नटआउट रहे । यो नै मुम्बईका लागि ब्याट्सम्यानबाट सबैभन्दा धेरै रनको योगदान थियो ।
यस सिजन मुम्बईले चेन्नाईविरुद्ध खेलेको ४ वटै खेल समेत जित्यो। यस उपाधिपछि मुम्बई सर्वाधिक ४ पटक आइपीएल जित्ने पहिलो टिम बनेको छ। जसमध्ये मुम्बईले तीन पटक फाइनलमा चेन्नाईलाई नै पराजित गरेको हो।
चेन्नाईका दिपक चाहरले ४ ओभरमा १ मेडन राख्दै २६ रन खर्चेर ३ विकेट लिए। यस्तै शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए।
यो जितले १२ औं संस्करण सम्मको आइपिएलमा मुम्बईले सबैभन्दा बढी चार पटक उपाधि जितेको हो । मुम्बईले यही लिगमा चेन्नाईलाई चार पटक हराएको छ । चेन्नाईले ३ पटक उपाधि जितेको थियो ।