एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति’ मा विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जितेका छन् ।
शनिबार र आइतबार प्रसारण गरिएको शोमा उनले १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् । को बन्छ करोडपति ? मा १ करोड जित्ने उनी पहिलो सहभागी हुन् ।
उनलाई एक करोड रुपैयाँका लागि सोधिएको प्रश्न यस्तो छ : २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा भएको थियो ? भन्ने १५ औं तथा अन्तिम प्रश्नको वि.सं २०१४ माघ १९ गते उत्तर दिँदै उनले १ करोड जितेका हुन् । एक करोड जितेमा विश्व भ्रमणमा निस्कने योजना बनाएका जैनको सपना पूरा भएको छ ।
हेर्नुहोस् भिडियो:
https://youtu.be/kh-w_rFXiyQ
प्रतिक्रिया दिनुहोस्