Logo

सर्वोच्च अदालत बारको मतदान सुरु



Spread the love

असार, २५ काठमाडौं ।
सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिमा पाँच पदाधिकारीसहित १५ नयाँ कार्यसमितिका लागि निर्वाचन केहीबेर अघि निर्वाचन सुरु भएको छ।
आज साँझ ७ बजेसम्म मतगणना सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ । बारको परिसरमा हुने निर्वाचनमा कुल मतदाता ५८० छन।
आजको निर्वाचनमा बृहत् लोकतान्त्रिक, पेसागत तथा समावेशी समूह र पेसागत, प्रगतिशील, गणतान्त्रिक, देशभक्त एवम् समावेशी कानुन व्यवसायी बिच प्रतिस्पर्धा हुँदैछ।
प्रगतिशील समूहको प्रतिनिधित्व अधिवक्ता रामप्रसाद भण्डारीले गर्नु भएको छ। त्यस्तै उपाध्यक्षमा नारायणप्रसाद प्रसाईं, सचिवमा रामबहादुर थापा, सहसचिवमा अञ्जु उप्रेती ढकाल र कोषाध्यक्षमा जगतबहादुर कार्की , सदस्यमा लक्ष्मी पोखरेल, मोहम्मदशेख अब्बास, राम राउत, धीर्जराज पोखरेल, सन्तकुमार बास्कोटा, द्रोणप्रसाद दाहाल, हरिबहादुर कार्की, श्रुतिकुमारी रेग्मी, पुष्पराज पौडेल र श्रवणकुमार चौधरी रहनुभएको छ ।
लोकतान्त्रिक पक्षको प्रतिनिधित्व शैलेन्द्रकुमार दाहालले गर्नु भएको छ।  त्यस्तै उपाध्यक्षमा धर्मराज रेग्मी, सचिवमा विष्णु लुइँटेल, सहसचिवमा अमिता दीक्षित, कोषाध्यक्षमा दयाराम हुमागार्इं , सदस्यमा शर्मिला श्रेष्ठ, गीता अर्याल, नारायणप्रसाद भट्टराई, पूर्णिमा रिमाल गुरागार्इं, सुरेशकुमार पौडेल, रामेश्वर पोखरेल, अवतार न्यौपाने, रामकृष्ण भण्डारी, राजेन्द्रप्रसाद साह र रमेश महर्जन रहनुभएको छ । supreme-Court

प्रतिक्रिया दिनुहोस्