Logo

एसिया कप छनोट फुटबलमा नेपाल फिलिपिन्ससँग पराजित



Spread the love

एसिया कप छनोट फुटबलमा नेपालले फिलिपिन्ससँग हार व्यहोरेको छ । मंगलबार भएको खेलमा १० खेलाडीमा सिमित नेपालले फिलिपिन्ससँग ४-१ को हार व्यहोरेको हो ।afc_placeholder-2

रिजाल मेमोरियल स्टेडियममा भएको खेलमा १२औं मिनेटमा नै फिलिपिनो खेलाडीको प्रहार नेपाली मिडफिल्डर बिक्रम लामाले हातले रोकेपछि उनले रातो कार्ड खाँदै बाहिरएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो ।

ह्याण्डबलको कारण पाएको पेनाल्टी कप्तान फिलिप योङहस्बेन्डले प्रहार गरे पनि त्यसलाई गोलरक्षक किरण चेम्जोङले रोकेका थिए ।

तर, फिलिपिन्सले २१औं मिनेटमा पुनः पेनाल्टीको अवसर पायो । डिफेण्डर रविन श्रेष्ठले फिलिपिनो खेलाडीलाई डिबक्सभित्र फल गरेपछि उसले पेनाल्टीको अवसर पाएको थियो, जसमा फिल चुकेनन् र १-० को अग्रता दिलाए ।

एक पछि अर्को आक्रमण गरिरहेको फिलिपिन्सका लागि  २ मिनेटको अन्तरालमा फिलिप योङहस्बेन्डले गोल गरेपछि नेपाल खेलको २३ औँ मिनेटमा नै दुई गोलले पछि परेको थियो ।

२८औं मिनेटमा नेपालले तेस्रो गोल खायो ।इन्जुरी समयमा विशाल राईले रविन श्रेष्ठको पासमा एक गोल फर्काएर खेल ३–१ को स्थितिमा पुर्याएका थिए ।तर, दोस्रो हाफमा पाटिन्होले अर्को गोल थपेपछि नेपाल ४–१ गोलअन्तरले पराजित बन्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्