Logo

अमेरिकाले चिनियाँ सामानको कर दोब्बर बढायो



Spread the love

२८ बैशाख, वासिङ्टन ।

अमेरिकाले २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानको कर दोब्बर वृद्धि गरेको छ  । अमेरिकी निर्णयले दुई देशबीच जारी व्यापार विवाद थप जटिल बनेको छ  ।

अमेरिकाले चिनियाँ समानको आयात शुल्क १० बाट २५ प्रतिशत पुर्‍याएपछि चीनले त्यसको उस्तै जवाफ दिने चेतावनी दिएको छ । चीनले अमेरिकी कदममा ‘खेद व्यक्त गर्दै’ आवश्यक प्रतिरोधी कदम चाल्ने बताएको हो ।

पछिल्ला केही महिना अमेरिका र चीन व्यापार विवाद अन्त्यका लागि नजिकिएका थिए । दुवै देशका उच्च प्रतिनिधिले व्यापार सम्झौतामा छिट्टै हस्ताक्षर हुने दाबीसमेत गरेका थिए । तर दुई देशका उच्च स्तरीय प्रतिनिधिमण्डलबीच वासिङ्टनमा व्यापार सम्झौता गर्ने छलफल भइरहेका बेला अमेरिकी कदमपछि चीन रुष्ट बनेको आंकलन गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३ खर्ब २५ अर्ब डलरको सामानमाथि आयात शुल्क बढाउने चेतावनी दिइसकेका छन् । उनको चेतावनीसँगै दुई देशको सम्बन्ध थप बिग्रन सक्ने आंकलन गरिएको छ । यद्यपि, दुई देशबीचको उच्च स्तरीय व्यापार वार्ता भने जारी नै रहेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्