Logo

एउटा कुकुर जसले जन्मायो एकै पटकमा १६ वटा छाउरा



Spread the love

 

साधारणतया एउटा कुकुरले एक चोटीमा ४/५ ओटा छाउरा वा छाउरी जन्माएको पाईन्छ तर बेलायतमा एउटा अनौठो घटना घटेको छ । जहाँ एक घरपालुवा कुकुरले एकै पटकमा १६ वटा छाउरा जन्माएको छ ।

बेलायती सेना जवानले आफ्नो घरमा पालेको कुकुरले यति धेरै बच्चाहरु जन्माएपछि कुकुर पालेको मालिकलाई समस्या परेको छ। सैनिक मार्क मार्शल अनुसार घरमा पालेको कुकुरले (रोक्सी) बढिमा ६ वटासम्म छाउरा जन्माउला भन्ने आशा गरेका थिए ।

जब रोक्सीलाई भेटेरेनरी अस्पतालमा परीक्षण गर्न लागिएको थियो तब ६ वटा मात्र बताएका थिए तर जब रोक्सीले १६ वटा बच्चा जन्माएर सबैलाई छक्क परेका छन् ।

ठुलो जहान भएको मार्शललाई यति धरै छाउराहरु राख्ने ठाउँ नभएर समस्या परेको हो। तर पनि मालिक मार्शलले राम्रै सँग स्याहारसुसार दिएर हुर्काइरहेका छन् ।  कुकुरको दूध नपुग्ला भनी मालिकले छाउराहरुका लागि बजारको दूध समेत ल्याएर खुवाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्