Logo

स्पेनमा दुनियाँकै सबैभन्दा डरलाग्दो भूतिया रेष्टुरेन्ट



Spread the love
सांकेतिक तस्बिर

आजभोलिको जमानामा मानिसहरू जो कोही पनि आनन्दको वातावरणमा रमाउनको लागि विभिन्नथरिका खानेकुराको स्वाद लिनका लागि रेस्टुरेन्टमा जाने गर्दछन् । तर के तपाईँ हरूलाई थाहा छ ? स्पेनमा  एउटा यस्तो रेष्टुरेन्ट छ, जहाँ जाने बित्तिकै मानिसहरू डराउने गर्दछन् ।

उक्त रेष्टुरेन्टको नाम ला मासिया एन्कान्टडा हो । यो रेष्टुरेन्ट दुनियाँकै सबैभन्दा डरलाग्दो रेस्टुरेन्ट हो । त्यहाँ भूत प्रेतले मानिसहरूको स्वागत गर्दछन् र खानेकुरा टक्र्याउँछन् । यस रेस्टुरेन्टमा मानिसहरूलाई तर्साएरै मनोरञ्जन प्रदान गर्छन् । तर यो रेस्टुरेन्टमा दम तथा मुटुरोगी साथै गर्भवती महिला र अपांगहरु पनि त्यहाँ आउन मनाही गरिएको छ ।

यहाँ रेस्टुरेन्टमा मोबाइल, क्यामरा पनि लैजान पाइँदैन । रेस्टुरेन्ट दिनमा ३ घण्टा खुल्दछ । रेस्टुरेन्टमा खाना खानका लागि पहिले नै बुकिंग गर्नुपर्दछ । तर अचम्मको कुरा के छ भने त्यहाँ कुनै भूत प्रेत हुँदैनन् । रेस्टुरेन्टकै कर्मचारीहरू भूतप्रेत जस्तै बनेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्