Logo

दुई सय ३१ नेपाली विदेशी जेलमा, १९ जनालाई मृत्युदण्डको सजाय



Spread the love

jail-1

वैदेशिक रोजगारीका लगी विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् ।

हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका  खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

जेलमा परेका नेपालीको सङ्ख्या
साउदीमा – ७६ जना
कुवेतमा – ६१
कतारमा – ५०
यूएईमा – १९
मलेसियामा – १३
बहराइनमा – ६
ओमानमा – ३
कोरियामा – २
इजरायलमा – १

कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ बर्से जेल सजाय काटिरहेका छन् भने, सात जनाको मुद्दा अदालती प्रक्रियामा छ ।

साउदी अरबको जेलमा रहेका ७६ मध्ये एकजनासँग ब्लडमनी लिन सहमति भए पनि रकम तोकिएको छैन ।

मलेसिया जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एक जानलाई जन्मकैदको सजाय तोकिएको छ । एकजनालाइृ भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ ।

जेलमा रहेका मध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने थप १४ जनालाई पनि मृत्ुदण्ड हुनसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियमा १० र यूएईमा एकजनालाई मृत्युदण्डको फैसला भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्