चर्चित निर्देशक दिपेन्द्र के खनालले निर्माण गर्न लागेको चलचित्र ‘आमा’ को औपचारिक रुपमा घोषणा गरिएको छ ।
चलचित्र आउदो असारबाट छायांकन सुरु हुँदैछ भने चलचित्र काठमाण्डौ र रामेछापको लोकेशन लगायत ठाँउमा छायांकन हुने छ । यस चलचित्रमा ‘आमा र छोरी’बिचको सम्बन्धलाई देखाउनेछ ।
चलचित्र बनेको करिब २५ बर्षपछि निर्देशक खनालले यही नाममा चलचित्र ‘आमा’ निर्देशन गर्ने भएका छन् । चलचित्रलाई छायांकन पनि निर्देशक खनालले गर्ने भएका छन् ।
चलचित्रमा सूर्यमाला खनालले आमाको भूमिका निभाउने भएकी छिन् भने नायिका सुरक्षा पन्त छोरीको भूमिका रहेकी छिन् । चलचित्रको मुख्य भूमिकामा सूर्यमाला ,सुरक्षा , देशभक्त खनाल, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायत कलाकारको अभिनय रहने छ ।
चलचित्रमा भूपेन्द्र खड्काको गीत रहने छ । शर्मिला पाण्डेले निर्माण गर्ने चलचित्रलाई सन्तोष अधिकारी सह–निर्माता रहेका छन् । यो चलचित्र ‘आमा’ आउँदो फागूणको ९ गते रिलिज गर्ने निर्माण पक्षले बताएका छन् ।