Logo

प्रेम विवाह गरेको भन्दै छोरी र ज्वाइँलाई जिउँदै जलाईयो



Spread the love


२४ वैशाख, काठमाडौँ । भारत महाराष्ट्रमा एक जोडीलाई प्रेम विवाह गरेको भन्दै केटीका बुवा र आफन्तहरु मिलेर पेट्रोल छर्की जिउँदै जलाई दिएका छन् ।

१९ वर्षिय रुक्मिणी ६ महिना अगाडी मात्र मंगेश रणसिंघेसँग अन्तरजातिय विवाह बन्धनमा बाँधिएका थिए । केटा पक्षको परिवारले यस विवाहलाई स्वीकारे पनी केटी पक्षका परिवार र आफन्तले भने बिरोध गर्दै आईरहेका थिए ।

दुवै जोडीलाई रुक्मिणीको परिवारले बारम्बार बिभिन्न धम्कीहरु दिँदै आईरहेका थिए । यस धम्कीबाट दिक्क भएका रुक्मिणी र मंगेशले सन् २०१९ को फेब्रुअरी महिनामा प्रहरीमा उजुरी दर्ता गराएपछी रुक्मिणीका आमाबुवाले रुक्मिणीलाई ३० अप्रिलमा घर बोलाएका थिए । रुक्मिणी घर आएपछि उनीहरुले रुक्मिणीलाई पिटे । आफुले पिटाई खाएपछी त्यसै रात रुक्मिणीले मंगेशलाई फोन गरेर आमा–बुवाले पिटेको र उनलाई लिन आउन श्रीमान् मंगेशलाई बोलाईन् ।

मंगेश भोलिपल्ट मे १ तारिखमा रुक्मिणीलाई लिन ससुराली गएका थिए । ससुराली आएका मंगेश र आफ्नो छोरी रुक्मिणीलाई सुरूमा पिटे त्यसपछी पनी रिस नमरेपछी रुक्मिणी र मंगेश दुवैलाई डोरीले बाँधी पेट्रोल छर्कि आयो लगाएका थिए ।

तीन दिनसम्म हस्पिटलमा जीवनसँग संघर्ष गदागर्दै मे पाँच तारिखमा उनको निधन भएको थियाे । उनका श्रीमान मंगेशको शरीरको करिब ४५ प्रतिशत भाग जलेको छ । उपचाररत मंगेशको स्वास्थ्य अवस्था भने गम्भिर रहेको छ ।

यस घटनामा संलग्न उनका मामा घनश्याम र काका सुरेन्द्रलाई पक्राउ गरी सकिएको र रुक्मिणी बुवा रामा रामफल भारती भने फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्