२४ वैशाख, काठमाडौं ।
नेपाली सिनियर पुरुष राष्ट्रिय फुटबल टिमले खेल्ने दुई मैत्रीपुर्ण खेलका लागि प्रशिक्षण सुरु गरेको हो। मंगलबारबाट टोलीको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ ।
योहान कालिनले प्रारम्भिक सुचीमा ४२ जना खेलाडीलाई बोलाएको छ । यही ४२ जनाबाट अन्तिम टोली निर्माण गरिने प्रशिक्षक कालिनले जानकारी दिएका छन् ।
विश्वकप छनोटको दोस्रो चरणको तयारीका लागि नेपालले जुन २ मा मलेसिया तथा जुन ६ मा चाइनिज ताइपेईसँग मैत्रीपुर्ण खेल खेल्ने छ। विश्वकप छनोटको दोस्रो चरणको खेलहरु आगमी सेप्टेम्वरबाट सुरु हुदैछ ।
प्रतिक्रिया दिनुहोस्