२४ वैशाख, काठमाडौं ।
इटालियन सिरी ‘ए’ मा एसी मिलानले बोलोग्नामाथि २–१ को जित निकालेको छ । मिलानको जितमा सुसो र फावियो बोरिनीले गोल गरे ।
पाक्वेटा ७४औं मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिदा मिलान १० खेलाडीमा समेटिएको थियो ।
इन्ज्युरी समयको दुई मिनेटको अन्तरमा निकोला सानसोन र मिचेल डिज्क्स रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बोलोग्ना पनि ९ खेलाडीमा समेटिएको थियो ।
३७औं मिनेटमा मिलानका लागि सुसोले गोल गर्दै खेलमा सुरुवाती अग्रता बनाएका थिए । त्यस्तै , ६७औं मिनेटमा फावियो बोरिनीले अग्रता दोब्बर पारे । ७२औं मिनेटमा माटियाले एक गोल गर्दै बोलोग्नालाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि तीन रातो कार्ड भएको खेलमा थप गोल हुन सकेन ।
जितसँगै मिलानले अर्काे सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना जीवितै राखेको छ ।
प्रतिक्रिया दिनुहोस्