२४ वैशाख, काठमाडौं ।
भारतको मध्य प्रदेशको खन्डवा जिल्लाको खालवा तहसीलको ग्राम चैनपुरमा एक युवतीलाई उनका पीता र दाइले मट्टितेल हालेर जिउँदै जलाएका छन् । इज्जतको लागि भन्दै उनीहरुले प्रमे विवाह गर्न गएकी युवतिको हत्या गरेका हुन् ।
१९ वर्षीया युवति लक्ष्मी बाईआफ्ना प्रेमी राजकुमार लौवंशीका घरमा गएकी थिइन् । त्यहाँबाट उनका बुबाले उनलाई घिर्सादै घर ल्याएका थिए ।
प्रहरीका अनुसार त्यसपछि उनका पीता सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टितेल हालेर उनलाई जलाएका हुन् । सोही क्रममा उनले ज्यान गुमाएको हो । जलाउने बुबा र दाइलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् । जानकारी अनुसार ती विगत १० महिनादेखि दुवै युवारयुवति शुक्रबार कार्ट म्यारेज गर्ने तयारीमा थिए । तर केही गाँउलेहरु र उनको परिवारले भने उनी आफैले आत्महत्या गरेको दाबी गरिरहेका छन् ।