Logo

एक महिने रमजान साेमबारदेखि सुरु



Spread the love

 

२४ वैशाख, काठमाडौं ।

इस्लाम धर्मावालम्बीहरुको पवित्र महिना रमजान सोमबारदेखि सुरु भएको छ । सोमबार सूर्यास्तपछि रमजानुल महिना सुरु भएको हो । रमजानको रोजा भने मङ्गलबार बिहानदेखि सुरु हुनेछ ।

इस्लाम पात्रोको नवौँ महीनामा यो पर्व मनाउने गरिन्छ । रमजानको पवित्र महीनालाई ‘शव–ए–कदर’ पनि भन्ने गरिन्छ । यसै दिन मुस्लिम धार्मिक ग्रन्थ ‘कुरान शरीफ’ अल्लाहद्वारा अवतरित भएको धार्मिक विश्वास रहिआएको छ । सोही समयदेखि यो पर्व मनाउन थालिएको हो ।

रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् । रमजानको महिनामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म केही नखाइ ब्रत बस्ने गर्छन् ।

रमजान पर्वको मुख्य उद्देश्य मानिसमा प्रेम र अल्लाहप्रति विश्वास जगाउनु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्