Logo

३ लाख रुपैयाँका लागि आफ्नै छोरा बन्धकी



Spread the love

२४ वैशाख, काठमाडौं ।

पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।

आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा मोहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद्योगमा बन्धकी राखेका थिए ।

इँटा उद्योगमा भारतीय श्रमिक उपलब्ध गराउने स्माइलले रतनका लागि पनि श्रमिक ल्याइदिने भन्दै छोरो बन्धकी राखी पैसा लिएका थिए । माघमा छोरो छाडेर गएका स्माइल फर्केर नआएपछि मोहिबुल अलपत्र परेका थिए ।

प्रतिक्रिया दिनुहोस्