Logo

आफन्तले नै अलपत्र छाडेर गएका बालकको प्रहरीद्वारा उद्दार



Spread the love

२३ वैशाख, राजविराज । इटा उद्योगमा आफन्तले नै अलपत्र छाडेर गएका एक भारतीय बालकको प्रहरीले उद्दार गरेको छ ।

६ महिनादेखि सप्तरीमा रतन इटा उद्योगमा अलपत्र अवस्थामा रहेका भारत आसाम राज्य ध्रबी जिल्लाका ११ वर्षीय मोहिबुल एसकेको सोमबार प्रहरीले उद्दार गरेको हो ।

उनका बुबा इस्काइल एसकेले ६ महिना अघि मोहिबुल एसकेलाई अलपत्र छाडेर सम्पर्कबिहीन भएका थिए । ६ महिना बितिसकेपनि उनीसँगै कोही आफन्त सम्पर्क नआएपछि अलपत्र परेका बालकको बिजोग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्