२३ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले इन्डियन वुमन्स लिग अन्तर्गत सेथु फुटबल क्लबका लागि खेलको २९ सेकेन्डमै गोल गरेकी छिन् ।
लिगको पहिलो खेलमा सेथुले मणिपुर पुलिस स्पोर्ट्ससँग खेल्दैछ । पहिलो रोजाईमा परेकी सावित्राले २९ सेकेन्डमा नै गोल गर्दै सेथुलाई अग्रता दिलाएकी हुन् । खेलका लागि पहिलो रोजाईमा सावित्रा पर्दा अनिता भने बेन्चमा रहेकी छिन् । सेथुबाट भारतको राष्ट्रिय टोलीकी कप्तान आशालता देवी पनि खेल्दैछिन् ।
टोलीको कप्तानी भने राष्ट्रिय टोलीकै अर्की खेलाडी इन्दुमति कासिरेथानले सम्हाल्नेछिन् । भारतकै राष्ट्रिय टोलीका सदस्य स्विटी देवी, सन्ध्या र दाङमेई ग्रेस पनि पहिलो रोजाइमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्