Logo

नयाँ शक्ति र फोरमबीच एकता



Spread the love

२३ वैशाख, काठमाडौं । नयाँ शक्ति र संघीय समाजवादी फोरमले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् ।

दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ, जसको घोषणा सभा अहिले चलिरहेको छ ।सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बेँदे सहमतिमा हस्तक्षर गरेका छन् ।

राजधानीमा सोमबार आयोजित संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीचको एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले , ‘हामीले देशलाई समृद्ध बनाउनका लागि अर्को नयाँ छलाङ मारेका छौँ। हामीले सही अर्थमा देशलाई एकीकृत गर्ने काम गरेका छौं । दुई दलको बीचमा एकीकरण मात्र भएको छैन यहाँ राष्ट्रिय एकीकरण भएको बताएका छन् ।’

प्रतिक्रिया दिनुहोस्