‘दोहोरी ब्याटल ‘बाट एकाएक चर्चामा आएका गायक प्रकाश सपुत र सुनिता अधिकारीको स्वरमा रहेको लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’ सार्वजनिक भएको छ । यस गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् ।
गीतको मुख्य भूमिकामा प्रकाश र सुनिताले अभिनय गरेका छन् । गायक सुपतकै शब्द र लय रहेको छ भने गीतमा आशिष अविरलले सङ्गीत संयोजन गरेका छन् ।
राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :
https://youtu.be/Z5I39F2yIFI
प्रतिक्रिया दिनुहोस्