Logo

यी पाँच खेलाडी जसका कारण बार्सिलोना सफल



Spread the love

विश्व फुटबलको सफल क्लबहरु मद्द्य स्पेनिस ला लिगा च्याम्पियन बनेको बार्सिलोना पनि एक हो । फुटबलका प्राय सबै उपाधिहरु बार्सिलोना क्लबले चुमिसकेको छ । बार्सिलोनाले २६ पटक स्पेनिस लालिगा, ३० कोपा डेल रे, १३ सुपर कप, ५ च्याम्पियन्स लिग, ५ युईएफए सुपर कप र ३ पटक फिफा क्लब विश्वकप जितिसकेको छ । लगायत अन्य घरेलु कप तथा युरोपियन कपसमेत बार्सिलोनाले जितिसकेको छ ।

बार्सिलोनालाई यो सफलता दिन क्लबका सम्पूर्ण खेलाडीहरुले महत्वपूर्ण भुमिका खेलेका छन् । अन्तर्राष्ट्रिय पत्रिका ‘स्पोटर्स किडा’ले बार्सिलोनामा यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडीको चर्चा गरेको छ ।

बार्सिलोनामा यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी :

१) लियोनल मेस्सी
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्नो पुस्ताकै सर्वकालिन महान खेलाडीमा गनिन्छन् । बार्सिलोनाबाटै फुटबल करियर सुरू गरेका मेस्सी बार्सिलोनाका लागि सदाबाहार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । मेस्सी अहिले बार्सिलोनाको एक मुख्य खेलाडीका रुपमा छन् । पाँच पटकका बालोन डि’ओर विजेता मेस्सी लालिगाका सर्वाधिक गोलकर्ता हुन् ।

२) लुइस स्वारेज
बार्सिलोनाका उत्कृष्ट स्ट्राइकरका रुपमा रहेका लुइस स्वारेज पछिल्लो समय बार्सिलोनालाई धेरै खेलमा जित दिलाउन सहयोग गरिरहेका छन् । स्वारेजले ला लिगामा यस सिजन बार्सिलोनाबाट ४७ खेल खेल्दै २५ गोल गरिसकेका छन् ।

३) सजोर्डी आल्वा

धेरै जसो खेलमा लियोनल मेस्सीका लागि पास उपलब्ध गराउने लेफ्ट ब्याक आल्वा पछिल्लो समय पनि बार्सिलोनामा उनको प्रदर्शन उत्कृष्ट छ । आल्वालाई बार्सिलोनामा सबै सिजन उत्कृष्ट फममा रहने खेलाडीको रुपमा चिनिन्छ ।

४) जेरार्ड पिके
क्याट्लोनिया राष्ट्रिय टोलीका खेलाडी जेरार्ड पिके बार्सिलोनाका मुख्य अंग हुन् । डिफेन्स लाइन समाल्ने पिके उत्कृष्ट हेडरको रुपमा पनि चिनिन्छन् । खेल समयमा निकै चलाखी अपनाउने पिकेले आफ्नो जादुमय खेल प्रदर्शनलाई हाल सम्म उस्तै तरिकाले खेलेका छन् ।

५) टेर स्टेगन

टेर स्टेगन हाल विश्व फुटबलमा एक उत्कृष्ट गोलरक्षको रुपमा रहेका छन् । उनी क्लबका लागि मुख्य खेलाडीको रुपमा रहेका छन् । उनले बार्सिलोनाका लागि खेलेका हरेक खेलमा जादुमय प्रदर्शन गर्दै आइरहेका छन् । टेर स्टेगनले यस सिजनमा पनि बार्सिलोनामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्