२३ वैशाख, काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति म्यान्चेस्टर सिटीले लेस्टर सिटीको सामना गर्दैछ । उपाधि होडमा रहेको सिटीलाई लेस्टरको चुनौती छ ।
अब लिग चरणमा सिटीले दुई खेल खेल्न बाँकी छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा दुई अंकले पछाडी रहेको छ। लिभरपुलले भने एक मात्र खेल खेल्न बाँकी छ । आजको खेलमा सिटीले हार अथवा बराबरी खेलेमा पनि सिटीको उपाधि यात्रा कमजोर बन्नेछ ।
खेल सिटीको घरेलु मैदानमा नेपाली समय अनुसार राति १२:४५ बाट सुरु हुनेछ । सिटी भने आजको खेलमा जित निकाल्दै पुनः शीर्ष स्थानमा पुग्ने लक्ष्यमा हुनेछ । त्यस्तै, लेस्टर सिटीलाई हराउँदै उपाधि यात्रामा कमजोर बनाउने योजनामा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्