Logo

हार्भी प्रिमियर लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बन्न सफल



Spread the love

२३ वैशाख, काठमाडौं ।
फुलहमका हार्भी एलीएट प्रिमियर लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी बन्न सफल भएका छन् । शनिबार वल्भ्सविरुद्धको खेलमा ८८ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै हार्भीले यो कीर्तिमान कायम गरेका हुन् ।

उनले १६ वर्ष ३० दिनको उमेरमा प्रिमियर लिग खेलेका हुन् । यसअघि उनले लिग कपमा मिल्वलविरुद्ध ३-१ को जित दर्ता गर्दा पनि खेलेका थिए । इंग्ल्यान्डको यू-१७ राष्ट्रिय टोलीबाट खेलिसकेका एलीएटले यसअघि फुलहमकै म्याथ्यु ब्रिग्सको कीर्तिमान तोडेका हुन् । ब्रिग्सले सन् २००७ मा मिडल्सब्रोविरुद्ध १६ वर्ष ६८ दिनको उमेरमा डेब्यु गर्दै कीर्तिमान बनाएका थिए ।

एलीएटको टोली फुलहम यस सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्