Logo

विश्व कीर्तिमानी साझेदारीसंगै वेस्ट इन्डिज विजयी



Spread the love

२३ वैशाख, काठमाडौं ।
ओपनर शाई होप र जोन क्याम्पवेलले विश्व कीर्तिमानी साझेदारी गरेसंगै वेस्ट इन्डिजले आयरल्यान्डलाई १ सय ९६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ३ विकेटको नोक्सानीमा ३ सय ८१ रन बनाएको थियो । उसका लागि ओपनर शाई होप र जोन क्याम्पवलले पहिलो विकेटका लागि ३ सय ६५ रनको विश्व कीर्तिमानी साझेदारी गरे । वान डे क्रिकेटमा यो अहिले सम्मकै ओपनरले गरेको उच्च साझेदारी हो ।

दुबै खेलाडीले मैदानमा चौका र छक्काको वर्षा गराउँदै आयरल्यान्डका बलरहरु निरही सावित देखिन्थे । बेरीले २ र मार्क अदिरले १ विकेट लिए ।

३ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको आयरल्यान्ड ३४.४ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । उसका लागि केभिन ओ ब्राएनले ७७ बलको सामना गर्दै ७ चौका र १ छक्का सहित सर्वाधिक ६६ रनको योगदान दिए ।त्यस्तै गैरी विल्सन ३०,एन्ड्रयू बेलबर्नी २९ र कप्तान वलियम पोर्टरफील्डले १२ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेन ।

वेस्ट इन्डिजका अशले नर्शले ४,शैनन गेब्रियल ३ र किमर रोचाले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्