२३ वैशाख, काठमाडौं ।
मुटुको भल्भ फेर्ने क्रममा गलत समूहको रगत चढाउँदा एक जना बालिकाको ज्यान गएको छ ।
बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा वैशाख १३ गते उपचारका लागि भर्ना गरिएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति कुमारीको वैशाख १७ गते मुटुको भल्भ फेर्न ओपन हार्ट सर्जरी गरिएको थियो । उनको आज विहान निधन भएको हो ।
अप्रेशन गर्ने क्रममा गलत समूहको रगत चढाउँदा उनको निधन भएको पारिवारीक श्रोतले जानकारी दियो । ‘ओ’ पोजेटिभ रगत चाहिने ठाउँमा ‘ए’ पोजेटिभ रगत चढाएपछि बालिकाको मृत्यु भएको आफन्तको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्