२२ वैशाख, काठमाडौं।
इन्डियन प्रिमियर लिग अन्तर्गत प्लेअफमा स्थान बनाइसकेको चेन्नई सुपर किङ्सद्वारा किङ्स–११ पन्जाबलाई १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेकोछ ।
पन्जाबको घरेलु मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट नोक्सानीमा १ सय ७० रन बनाएको हो ।
चेन्नईका लागि फाप डु प्लेसिसले र सुरेश रैनाले अर्धशतकीय पारी खेले । ९५ बल खेलेका प्लेसिसले १० चौका र ४ छक्काको सहयोगमा ९६ रनको योगदान गरे । त्यस्तै ३८ बल खेलेका रैनाले ५ चौका र २ छक्काको सहयोगमा ५३ रन बनाए ।
बलिङतर्फ पन्जाबका लागि सम कुरनले एक विकेट लिए । त्यस्तै मोहमद स्वामीले पनि एक विकेट हात पारे ।
प्रतिक्रिया दिनुहोस्