२२ वैशाख, काठमाडौँ ।
अफगानिस्तानको प्रहरी मुख्यालयमा हतियारधारी लडाकूहरूले आक्रमण गरेका छन्। अफगानिस्तानको उत्तरी बाघ्लान प्रदेशमा पर्ने पुल ए खुम्री सहरमा रहेको प्रहरी मुख्यालयमा आइतबार तालिबान लडाकूहरूले आक्रमण गरेका हुन्।
प्रहरी अधिकारीहरूले अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण नआएको टोलो समाचार समितिले उल्लेख गरेको छ। उनीहरूले आक्रमणको भने पुष्टि गरि सकेका छन्। आक्रमणकारीहरूले प्रहरी मुख्यालयनजिकै कारबम विस्फोटन गराएको प्रहरी अधिकारीहरूको भनाइ छ।
गोली हानाहान जारी रहेकाले थप विवरण आउन बाँकी नै रहेको प्रहरी अधिकारीहरुले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्