चलचित्र ‘ए मेरो हजुर २ ‘बाट नेपाली रजटपटमा पाईला टेकेका नायक हुन् सलिनमान बानिया । उनको चक्लेटी अनुहार, अभिनय र एक्सनलाई दर्शकले अत्याधिक रुचाएका थिए भने यस चलचित्रको सफलता पछि उनको दोश्रो चलचित्र ‘यात्रा ‘मा अभिनय गरेका छन् ।
उनले चलचित्र यात्रा(अ म्यूजिकल भ्लग) बाट काठमाण्डौमा आयोजना भएको ‘डी सिने अवार्ड’मा उत्कृष्ट नायकको अवार्ड हासिल गरेका छन् । अवार्ड उचाल्दै गर्दा सलिनमान निकै खुशी देखिएका थिए ।
पछिल्लो समय निकै चर्चामा रहेकी नायिका हुन् नम्रता श्रेष्ठ । उनको सुन्दरता र अभिनयलाई दर्शकले अत्याधिक रुचाएका छन् । चलचित्र ‘प्रसाद’ बाट काठमाण्डौमा आयोजना भएको ‘डी सिने अवार्ड’मा उत्कृष्ट नायिकाको उपाधी हात पारीन्। यस अघी पनि २०७५ मा उत्कृष्ट नायिकाको अवार्ड जितेको थीईन । उनीले यस पटक पनि अवार्ड जित्दा नम्रता निकै खुशी र हर्षित भएकी छिन् ।
अवार्ड विजेताहरुको सूची :
१. उत्कृष्ट पाश्र्वसंगीत
जैशन कुँवर र प्रवेश मल्लिक – भोर
२. उत्कृष्ट साउण्ड डिजाइन
मुकेश शाह – डमरुको डण्डीवियो
३. उत्कृष्ट गीतकार
राजेश श्रेष्ठ – फूल होइन (रोज)
४. उत्कृष्ट गायिका
विन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा –३)
५. उत्कृष्ट गायक
डेविड शंकर – पहिलो नम्बरमा (छक्का पञ्जा –३)
६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार
दिपक शर्मा – पहिलो नम्बरमा (छक्का पञ्जा –३)
७. उत्कृष्ट संगीतकार
एलिस कार्की – फूल होइन माया (रोज)
८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक
बसन्त श्रेष्ठ – उम्लियो भने (जय भोले)
९. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – तिम्रो लागि (राम काहानी)
१०. उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल के.सी. – यात्रा : अ म्यूजिकल भ्लग
११. उत्कृष्ट बालकलाकार
एञ्जल राई – हैरान
१२. उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा –३
१३. उत्कृष्ट खलपात्र
माओत्से गुरुङ्ग – चङ्गा चेट
१४. उत्कृष्ट कथा
दिपेन्द्र लामा – गोपी
१५. उत्कृष्ट पटकथा
यात्रा : अ म्यूजिकल भ्लग – सम्राट शाक्य
१६. उत्कृष्ट संवाद
शुशिल पौड्याल – प्रसाद
१७. नव-नायिका
सुहाना थापा – ए मेरो हजुर –३
१८. उत्कृष्ट नव-नायक
घिरज मगर – इन्टु मिन्टु लण्डनमा
१९. उत्कृष्ट नव-निर्देशक
सम्राट शाक्य – यात्रा : अ म्यूजिकल भ्लग
२०. उत्कृष्ट चरित्र-अभिनेत्री
लक्ष्मी गिरी – छक्का पञ्जा –३
२१. उत्कृष्ट चरित्र-अभिनेता
सरोज खनाल – क्याप्टेन
२२. उत्कृष्ट सह–अभिनेत्री
नम्रता सापकोटा – समर लभ
२३. उत्कृष्ट सह–अभिनेता
सलोन बस्नेत – यात्रा : अ म्यूजिकल भ्लग
२४. उत्कृष्ट छायाँकार
सञ्जय लामा – ए मेरो हजुर –३
२५. उत्कृष्ट सम्पादक
विपिन मल्ल – छक्का पञ्जा –३
२६. उत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद
२७. उत्कृष्ट अभिनेता
सलिनमान बनिया – यात्रा : अ म्यूजिकल भ्लग
२८. उत्कृष्ट निर्देशक
दिपाश्री निरौला – छक्का पञ्जा –३
२९. उत्कृष्ट पपुलर चलचित्र
ए मेरो हजुर –३ – सुहाना इन्टरटेनमेन्ट
३०. उत्कृष्ट चलचित्र
छक्का पञ्जा –३ – आमा सरस्वती मुभिज
क्रिटिक्स अवार्ड : यात्रा
जुरी अवार्ड : डमरुको डण्डीवियो
प्रोत्साहन अवार्ड : सुकुलगुण्डा