२२ वैशाख, काठमाडौँ ।
आईपीएलमा अन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । यी दुई खेलको नतिजाले ६ टोलीको भविष्य तय हुनेछ । पहिलो खेलमा चेन्नई सुपर किंग्सले किंग्स इलाभेन पन्जाबको सामना गर्नेछ । सो खेल पन्जाबको घरेलु मैदान नेपाली समय अनुसार ४ : १५ बाट सुरु हुनेछ ।
चेन्नई सुपर किंग्स आजको खेलमा पराजित या अपराजित जे भए पनि क्वालिफायरमा स्थान बनाउन सक्ने संभावना उच्च रहेको छ। पुछारमा रहेको पन्जाब आजको खेलमा फराकिलो अन्तरले विजयी भए र अर्को खेलमा कोलकता मुम्बईसँग फराकिलो अन्तरले पराजित भएको अवस्थामा प्ले अफको झिनो अंक गणीतिय संभावना रहन्छ ।
त्यस्तै, आजको दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको घरेलु मैदान खेल बेलुका ८ : १५ बाट सुरु हुनेछ । मुम्बई विजयी हुँदा सन्दीपको टिम दिल्ली क्यापिटल्सलाई धक्का लाग्ने छ ।
मुम्बई विजयी भए सोझै क्यालिफायर प्रवेश गर्ने छ । त्यस्तै कोलकताको लागि यो खेल निर्णायक हुनेछ । विजयी भए स्वत: प्ले अफमा पुग्ने छ । कोलकताले हार्दा हैदरावादको भाग्य चम्किने निश्चित छ ।
आज मुम्बई,चेन्नई र दिल्ली मध्य दुई टोलीको क्यावालिफायरको निर्धारण हुनेछ । त्यस्तै हैदरावाद, पन्जाव र कोलकता मध्य एक टोली प्ले अफमा पुग्दा २ टोली लिग चरणबाट बाहिरिने छन् । पहिलै बेंगलोर र राजस्थान समुह चरणबाटै बाहिरि सकेको छ ।