२२ बैशाख, काठमाडौँ ।
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नीति कार्यक्रममा लेखिएको संविधान सर्वस्वीकार्य भन्ने शब्द परिमार्जन गर्न आग्रह गरेका छन् ।
उनले शाही सम्बोधनमा नीति तथा कार्यक्रम आएको भन्दै यस्तो पहिले श्री ५ को सरकार हुँदा मात्र हुने गरेको स्मरण गराए । ‘नीति कार्यक्रम भाङ खाएर लेखेको हो र ? उनले प्रश्न गरे ।
सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले संविधान नागरिकको माग अनुसार अझै संशोधन नभएकाले संशोधन गरेर सबैको सर्वस्वीकार्य गराउनुपर्ने आवश्यक रहेको पनि बताए।
आफूहरुले पटक पटक संविधान संशोधन गर्न आवाज उठाउँदै आएको र सरकारमै सहभागिहरुले संशोधनको आश्वासन दिएकाले संशोधन नै नहुँदै सर्वस्वीकार्य भएको भनेर दावी गरिनुले आफूहरुलाई सशंकित बनाएको बताए ।
प्रतिक्रिया दिनुहोस्