Logo

रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि



Spread the love

२२ बैशाख, काठमाडौँ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ । आज अपराह्न ललितपुरको टंगालबाट रथायात्रा सुरु गरिनेभएको हो । रातो मच्छिन्द्रनाथलाई टंगालबाट बाजासहित पुल्चोक लगिनेछ। त्यसपछि विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि रथयात्रा सुरु हुनेछ ।

मच्छिन्द्रनाथको रथलाई लिन मीननाथको रथ पुल्चोक पुगेपछि मच्छिन्द्रनाथ र मिननाथको दुवै रथ तान्न सुरु गरिन्छ । रातो मच्छिन्द्रनाथको रथमा नौवटा खट हुन्छन् भने मीननाथको रथमा १० वटा खट हुन्छन् । गाबहालसम्म मच्छिन्द्रनाथको रथको अघिअघि मीननाथको रथ तानिन्छ ।

रथलाई जेठ तेस्रो हप्तासम्म जावलाखेल पुर्याइने गुठी संस्थानको तयारी छ । रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाएर जात्रा समापन गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्