२२ बैशाख,भद्रपुर ।
झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसाईको मृत्यु भएको छ ।
मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रर्वद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्