२२ बैशाख, महोत्तरी ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आइतबार बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर पाँच लाख रुपैयाँ भन्दाबढीको लुटपाट गरेको छ ।
जिल्लाका प्रहरी कार्यालयका उपरीक्षक ईश्वर कार्कीका अनुसार आइतबार बिहान करीब साढे १ बजेतिर जलेश्वर नपा–१० सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा चाररपाँच जनाको समूहमा आएका चोरले पाँच लाख ६९ हजार बराबरको सुनचाँदीका गरगहना र नगद लुटेर लगेका छन् ।
उनका अनुसार मुखमा मास्क लगाएर आएका चोरले ठाकुरको एकतले घरमा रहेको झ्यालको रड बाङ्गो पारेर घरभित्र प्रवेश गरी घरमा सुतिरहेका तीन सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्