Logo

बाख्राको मासु खाँदा एकै गाउँका १६ जना बिरामी



Spread the love

२२ बैशाख, डोटी।

डोटीको आदर्श गाउँपालिका १ मा बाख्राको मासु खाँदा भेलगडाका १६ जना बिरामी परेका छन् । विशाक्त काँचो मासु खाएको कारण उनीहरु बिरामी परेको बताइएको छ । बिरामी परेकामा बालबालिकालगायत वृद्धवृद्धासमेत रहेका छन् ।

बिरामीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ। अहिले उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । शनिबार दिउँसो काँचो मासु खाने १६ जनामा समस्या आएको स्थानीयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्