नायक विराज भट्टले ‘साङ्लो’ चलचित्रबाट निर्देशनमा डेब्यु गर्ने भएका छन् भने उनीसँगै पूर्व मिस नेपाल निकिता चण्डकले नेपाली चलचित्रमा पाइला टेक्ने भएकी छिन् ।
चलचित्र यही वैशाखको २४ गतेबाट छायाङ्कन सुरु हुनेछ । यस चलचित्रको मुख्य भूमिकामा विराजको जोडीमा निकिता साथमा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, भारत शाह र रमेश सोडारीको लगायत कलाकारको अभिनय रहेको छ ।नायक भट्टले नै निर्माण, निर्देशन र अभिनय गर्ने भएका छन् । चलचित्र एक्सन र लभ स्टोरी जनारामा निर्माण गरिने छ ।
चलचित्रको छायाङ्कन करिब ५० दिन भित्रै सक्ने निर्देशक विराजले बताएका छन् । नायिका चण्डकले आफू तत्काल चलचित्रमा काम गर्ने मनस्थितिमा नभएपनि नायक तथा निर्देशक विराज भट्टको कुरा सुनेपछि काम गर्न तयार भएको बताएकी छिन् ।चलचित्रमा सुरेश अधिकारी, राजन राज सिवाकोटी र खम्बू सिंहको सङ्गीत रहने छ भने चलचित्रलाई मानकृष्ण महर्जनले छायाङ्कन गर्ने भएका छन् ।