२० वैशाख, काठमाडौं ।
आईपीएल अन्तर्गत आज किङ्गस इलाभेन पन्जाब र कोलकाता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुशार बेलुका ८ः१५ बाट सुरु हुनेछ । दुबै टोली जित निकाल्दै प्ले अफमा पुग्ने रणनीतिका साथ मैदान उत्रनेछ ।
पन्जाब १२ खेलबाट १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । पन्जाब घरेलु मैदानमा हुने खेलमा कोलकत्तालाई पराजित गर्दै प्ले अफमा स्थान बनाउने योजनामा हुनेछ । यता, छैटौं स्थानको कोलकाता पनि पन्जाबलाई हराउँदै प्ले अफ सम्भावना कायम राख्न चाहन्छ । कोलकत्ताको पनि १२ खेलबाट १० अंक छ ।
प्रतिक्रिया दिनुहोस्