२० वैशाख, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७६/०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । शुक्रबारको सङ्घीय संसद्को बैठकमा उनले अपराह्न ४:१० मा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
राष्ट्रपति भण्डारीलाई संसद् भवन नयाँ बानेश्वरमा पुग्दा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल एवं सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले स्वागत गरेका थिए । संसद् बैठक ४ बजेर ८ मिनेटमा शुरु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रती राष्ट्रपतिसमक्ष पेश गरिएको थियो । सरकारको नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि स्वदेशी तथा विदेशी सञ्चारमाध्यम नयाँ बानेश्वरमा उपस्थित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्