२० बैशाख, भक्तपुर ।
मध्यपुर थिमि नगरपालिका वडा नम्बर–१, कौशलटारबाट प्रहरीले हात्तीको दाह्रासहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ । हात्तीको दारा बेचविखनको लागि केही व्यक्ति हिँडिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले उनीहरुलाई २५० ग्राम हात्तीको दारासहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका ४ घर भई हाल काठमाण्डौ स्वयम्भू सानो भर्याङ बस्ने ३० वर्षीय रुपेश खड्का र गुल्मी रुरु गाउँपालिका ५ घर भई हालस्वयम्भु सानो भर्याङ बस्ने २३ वर्षीय भाष्कर पौडेल रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्