Logo

बैंककमा पक्राउ परे नेपाली ठग, भन्छन् ज्यानको खतरा छ, नेपाल नपठाऊ



Spread the love

२० वैशाख, काठमाडौं ।

करोडौं ठगी र संगठित मानव तस्करी आरोपमा बैंककमा पक्राउ परेका पर्शुराम गुरुङले आफूलाई ज्यानको खतरा रहेको भन्दै नेपाल नपठाइदिन नेपाली दूतावासलाई आग्रह गरेका छन्। थाई प्रहरीको नियन्त्रणमा रहेका गुरुङले बैंककस्थित दूतावासलाई हस्तलिखित पत्र पठाएर बैंककमै राखिदिन आग्रह गरेका हुन्।

गुरुङको पत्र दूतावासले वैशाख १० मा काठमाडौंस्थित कन्सुलर विभागमा पठाएको थियो। कन्सुलरबाट परराष्ट्र मन्त्रालय हुँदै उक्त पत्र गृह मन्त्रालय पुगेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोमा मात्रै उनीविरुद्ध ३० वटाभन्दा बढी उजुरी छन् भने अन्य पीडित सम्पर्कमा आइरहेका छन्। ब्युरोका एक अधिकारीका अनुसार पर्शुरामले ठगेको रकम २० करोडभन्दा माथि पुग्ने देखिन्छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्