Logo

भूमाफियाले दर्जनौं मन्दिर क्षेत्रका ६ हजार बिघा जमिनमा कब्जा जमाए



Spread the love

२० वैशाख, जनकपुरधाम ।

जनकपुरधाम क्षेत्रमा रहेका जानकी मन्दिर, रत्नसागर मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिरलगायतका दर्जनौं मन्दिर रहेका झन्डै ६ हजार बिघा जमिनका विभिन्न भागमा भूमाफियाले कब्जा जमाएका छन् । गुठीअन्तर्गत रहेका मन्दिरको जग्गा महन्त र भूमाफियाको मिलेमतोमा धमाधम अतिक्रमणको चपेटामा परिरहेको पाइएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्राप्त अभिलेखअनुसार गुठी संस्थान जनकपुर शाखाबाट २३ गुठी सञ्चालन भएको र यसअन्तर्गत झन्डै ६ हजार बिघा जग्गा गुठीको नाममा लगत रहेको छ । यी जग्गामा हाल विभिन्न मन्दिर कुटी आश्रम, पोखरी तथा फुलबारी छन् । बृहत् जनकपुरधाम क्षेत्र अन्तर्गत रहेका यी जग्गा जनकपुर उपमहानगरपालिकाभित्र पर्छ ।

सम्बन्धित निकायले समयमै चासो दिएर मन्दिर क्षेत्रका जग्गामा भएको अतिक्रमण रोक्न नसक्दा जनकपुर क्षेत्रको पौराणिक तथा ऐतिहासिक महत्व नै संकटमा पर्ने देखिएको छ । जनकपुरधाम क्षेत्रका जग्गामा अतिक्रमण गरेको पाइएपछि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालको समयमा सरकारले २६ साउन २०६२ मा पूर्वसचिव भोजराज घिमिरेको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल गठन गरी छानबिन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्