२० वैशाख, काठमाडौं ।
गृह मन्त्रालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुंगेल अनुसन्धानका लागि निलम्बन गरेको छ । डकैती घटना अनुसन्धानको क्रममा अभियुक्तको फोनमा ढुंगेललाई पठाएको सन्देश र उनीसँगको सम्पर्क देखिएपछि छानबिन गर्न उनलाई निलम्बन गरिएको हो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
गृह मन्त्रालयले बिहीबार डीएसपी ढुंगेललाई निलम्बन गरी छानबिनको प्रक्रिया अगाडि बढाएको प्रहरी स्रोतले जनाएको छ । यसअघि गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले ढुंगेलमाथि छानबिन गर्ने प्रतिक्रिया दिएका थिए । ढुंगेल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा कार्यरत छन् ।
ढुंगेलमाथि आईजीपीको सचिवालय र महानगरीय प्रहरी अपराध महाशाखाले छानबिन गरिरहेको छ । गत चैत २६ गते रानीबारीमा लालेन्द्र शेरचन्दको घरमा भएको डकैत घटनामा पक्राउ परेका अभियुक्त विक्रम श्रेष्ठ र डीएसपी ढुंगेलबीच फोन र एसएमएस आदान प्रदान भएको खुलेको थियो । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।