२० वैशाख, काठमाडौं ।
प्रदेश १ को नाम र राजधानी टुंगो लगाउन प्रदेशसभाले दिएको समयसीमा दलहरूले त्यत्तिकै गुजारेका छन् । नाम र राजधानीमा सहमति जुट्न नसक्दा प्रदेशसभा गठन भएको १५ महिनापछि संसद्ले दिएको समयसीमा गुज्रिएको हो । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
दलहरूबीच संसद् सचिवालयले प्रस्ताव दर्ता गर्न दिएको समयभित्र कुनै प्रस्ताव दर्ता नगर्ने सहमति भएको छ । सर्वदलीय बैठकमा वैशाख २२ गतेसम्म प्रस्ताव दर्ता गर्ने र २३ गते छलफल गरेर निर्णय गर्ने सहमति भएको कांग्रेसका एक सांसदले बताए ।
वैशाख १५ गते संसद् सचिवालले बिहीबारसम्म प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ता गर्न सूचना जारी गरेको थियो । तर त्यस अवधिमा कुनै प्रस्ताव दर्ता भएन ।
प्रतिक्रिया दिनुहोस्