१९ वैशाख, संखुवासभा ।
संखुवासभाको सभापोखरी गाउँपालिकामा बिद्युत सर्ट हुँदा करेन्ट लागेर १ को मृत्यु भएको छ ।
विद्युत्तको सर्ट हुदाँ भूपाल विश्वकर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले बताएका छन् ।बत्ती बाल्ने र मोबाइल फोन चार्ज गर्ने क्रममा विद्युत्तको झट्का लाग्दा करेन्ट लागेको हो ।
घाइते हुनेमा तारा विश्वकर्मा, वर्षीया मन्जु विश्वकर्मा, ६५ वर्षीया भगवती विश्वकर्मा सहित ६ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । विकको भने घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्