नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । सरकारले वैशाख ३१ गने स्थानीय निकायको निर्वाचन गर्ने भनेर मिति घोषणा गरी सकेको बताउदैँ उनले सोही अनुसार तयारी गर्न आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरे ।
नेकपा एमाले इलाका न. ११ को इलाका स्तरिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले यस्तो वताएका हुन् । व्यवस्थापिका संसद् अर्थ समितिका सभापति तथा सल्यान क्षेत्र न. २ का सांसद समेत रहनु भएका नेता ज्वालाले नेकपा एमाले पहिलो शक्ति भएको बताए ।
उहाँले स्थानीय निर्वाचनमा एमाले पहिलो शक्ति हुने र आफ्नो पार्टीको अस्तित्व नै समाप्त हुने भए पछि केही शक्तिहरू निर्वाचन भाड्ने खेलमा लागी परेको दाबी गरे । पछिल्लो समय नेकपा एमालेमा प्रवेश गर्नेहरुको जनलहर बढ्न थालेको बताउदैँ ज्वालाले पार्टीमा प्रवेश गरेकाहरुलाई पनि सँगै मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
नेता ज्वालाले सल्यानको विकासका लागी आफू सधैँ तत्पर रहेको बताए । स्थानीय स्तरमा विकास निर्माण नै जनताको पहिलो चाहाना भएको उनको भनाई रहेको छ । “स्थानियबासीको माग र आवश्यकता अनुसार विकास निर्माणका गतिबिधिहरुलाई अगाडी बढाएको छु” उनले भने ।
नेकपा एमाले इलाका नं ११ का इलाका ईन्चार्ज घनश्याम शर्माको अध्यक्षतामा आयोजित इलाका स्तरिय प्रशिक्षण भेलालाई नेकपा एमाले सल्यानका अध्यक्ष गोविन्द पुन, ६ न. प्रदेश सदस्य उदय बोहरा, पूर्व जिल्ला कमिटी अध्यक्ष लोकबहादुर डाँगी, जिल्ला कमिटी सचिव रमेश गौतम, जिल्ला कमिटी सदस्य भोला केसी, ज्ञानेश्वर केसी, निर्वाचन कमिटी अध्यक्ष जनक बिक लगाएतकाले सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा एमाले सल्यानका जिल्ला कमिटी सदस्य दिपेन्द्र डिसीले सञ्चालन गरेको राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य लेखा समिति उपाध्यक्ष टिकाराम बिकले राखेका थिए । । एमाले सल्यानले स्थानीय निर्वाचनलाई लक्षित गरी जिल्लाका विभिन्न ठाउँहरूमा पाटी प्रशिक्षण तथा भेलाको आयोजना गर्दै आएको छ ।