१९ वैशाख, भजनी ।
कैलालीको घोडाघोडी नगरपालिकामा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ ।
उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको बताइएको छ । दुवैले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ ।
शव परीक्षणका लागि धनगढी पठाइएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । शवमा कीरा पर्न थालेकाले केही दिनअघि आत्महत्या गरेको हुनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्