१९ वैशाख, काठमाडौँ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदको ओडिआई वरीयतामा नेपाल १४औँ स्थानमा यथावत रहेको छ। आइसीसीले आज सार्वजनिक गरेको वरीयतामा नेपाल यथावत रहेको हो।
युएई जिम्बावेसँग हारेपछि नेपालले एक स्थान सुधार गरेको थियो। नेपालले पहिलो एकदवसीय सिरिज जित्ने क्रममा युएईलाई २-१ ले पराजित गरेपछि नेपाल पहिलो पटक एकदिवसीय वरीयतामा समावेश भएको हो।
वरीयताको शीर्ष स्थानमा इंग्ल्यान्ड छ भने भारत दोस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्