स्याउ भन्नाले स्वादिष्ट फल भन्ने बुझिन्छ l स्याउ खान धरैले मन पराउँछन् । निकै कमलाई मात्रै यो रुच्दैन l दिनहुँ एउटा मात्र स्याउ खानाले पनि हाम्रो स्वास्थ्यलाई धेरै फाइदाजनक हुन्छ l स्याउको रक्सी, स्याउको साबुन त धेरैले सुन्नु भएकै होला तर स्याउको चिया ? धेरैलाई अनौठो लाग्न सक्छ ।
हो ! स्याउबाट पनि चिया बनाउन सकिन्छ l उक्त चियाबाट आफूलाई फिट अनि सुन्दर राख्न सकिने पाइएको छ l स्याउको चिया त पिउँने तर कसरी बनाउने ? चिया बनाउने र यसबाट हुने फाईदाहरु तल उल्लेख गरिएको छ ।
‘स्याउको चिया’ बनाउने तरिका :
स्याउको चिया बनाउनको लागी एउटा स्याउ, तीन कप पानी, एक चम्चा कागतीको रस, चियापत्ती र चिनीको आवश्यकता पर्दछ । एउटा भाँडामा पानी, कागतीको रस र चियापत्ती राख्नुहोस् । यसलाई केही समय उमाल्नुहोस् । अब काटेको स्याउलाई उमाली राखेको मिश्रणमा राख्नुहोस् र पाँच मिनेटसम्म उम्लिन दिनुहोस् । त्यसपछि यसमा चिनी राख्नुहोस् । स्याउको चिया तयार हुनेछ ।
‘स्याउको चिया’ पिउनुका फाइदाहरुः
– स्याउको चिया पिउनाले कपाल बाक्लो र लामो हुनुका साथै कपालको रंग गाढा हुन्छ l
– स्याउको चिया पिउनाले पाचन प्रक्रियाको माध्यमबाट विषाक्त पदार्थहरुलाई बाहिर निकाली शरिरका कोषिकाहरुको अक्सिडेटिभ स्टेटबाट बचाउन मद्दत गर्दछ ।
– स्याउको चिया पिउनाले शरीरको तौल घट्नुका साथै यसमा पाइने विभिन्न प्रोटिनहरुले पाचन शक्तिलाई समेत बढाउँछ l
– स्याउको चिया पिउनाले मानिसको शरिरमा भएको ब्लड सुगर समेत कन्ट्रोल हुन्छ ।