१९ वैशाख, काठमाडौँ । जारी आइपिएलमा खेलिरहेका विदेशी खेलाडीहरुले आइपिएल बिचैमा छोडेर जाने भएका छन् । आइपिएल खेलिरहेका करिब १७ खेलाडीहरु मे ३० बाट सुरु हुने विश्वकप क्रिकेटको तयारीका लागि आफ्नो देश फर्किन लागेका हुन् ।
अष्ट्रेलियाका र इङल्याण्डका विश्वकप खेल्ने टिममा परेका सबै खेलाडी आफ्नै देश फर्किने छन् । त्यस्तै दक्षिण अफ्रिकाका खेलाडीहरु पनि स्वदेश फर्किने बताइएको छ ।
चेन्नई सुपरकिंग्सबाट खेलिरहेका दक्षिण अफ्रिकाका खेलाडी फाफ डु प्लेसिस र इमरान ताहिर फर्किने छन् । त्यस्तै दिल्ली क्यापिटल्सबाट खेलिरहेका दक्षिण अफ्रीकाका कागीसो रबाडा पनि स्वदेश फर्किदै छन् ।
मुम्बई इण्डियन्सबाट खेलिरहेका अस्ट्रेलियाका जेसन बेहरेनडार्फ र दक्षिण अफ्रिकाका क्विटन डी कक स्वदेश फर्किदै छन् । त्यस्तै सनराइजर्स हैदरावादबाट खेलिरहेका अस्ट्रेलियाका डेभिड वार्नर र इङल्याण्डका जोनी बैरस्ट्रव, किंग्स इलेभेन पंजावबाट खेलिरहेका दक्षिण अफ्रीकाका खेलाडी डेभिड मिलर, कोलकोताबाट खेलिरहेका जो डेनली पनि स्वदेश फर्किदै छन् ।
त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलिरहेका दक्षिण अफ्रिकाका डेल स्टेन, इङल्याण्डका मोइन अली तथा अस्ट्रेलियाका मार्कस स्टोइनिस पनि स्वदेश फर्किदै छन् ।
त्यस्तै राजस्थान रोयल्सबाट खेलिरहेका इङल्याण्डका जस बटलर, बेन स्टक जोफ्रा आर्चर तथा अस्ट्रेलियाका स्टिभ स्मिथ पनि आफ्नै देश फर्किने छन् ।
मुख्य खेलाडीहरुले आइपिएल बिचमा छाडेर जाने भएपछि खेलको लोकप्रियतामा समेत कमि आउने बताउन थालिएको छ ।