प्रत्येक मानिसले आफ्नो सौन्दर्यको हेरचाह गर्छन् l बढी जसो मानिसहरुले गर्मी मौसममा भन्दा जाडो मौसममा आफ्नो सौन्दर्यको हेरचाह गर्ने गरेको पाइन्छ l तर अझ भन्नु नै पर्ने हो भने जाडोमा भन्दा गर्मी मौसममा आफ्नो सौन्दर्यको धेरै ख्याल राख्नु पर्ने हुन्छ । किनकी गर्मी मौसममा अनुहारको रोम छिद्र खुल्छ र फोहोर जाने सम्भावना बढी मात्रामा हुन्छ । त्यसैले यो मौसममा बाहिर हिँड्दा अनिवार्य छाता लिएर हिड्ने गर्नु पर्दछ ।
गर्मी मौसममा अनुहारको हेरचाह कसरी गर्न सकिन्छ त ? जान्नुहोस् तरिकाहरूः
– घरमै पनि अनुहारलाई सफा राख्न सकिन्छ । जस्तै : काँक्रो, मेवाको लेप बनाएर प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा निकै उपयोगी हुन्छ ।
– अनुहार राम्रो राख्नको लागी अनुहारमा उपयुक्त हुने डे र नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मी मौसममा घामबाट बच्नका लागि सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हुँदैन ।
– अनुहारमा फोहोर हुनाको कारणले बेलाबेलामा क्लिन्जिङ गरिरहनुपर्छ ।
– अनुहारमा ससाना दाग देखिएमा बेसार, कागतीको रस, र दुधको तर राखी प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ ।
– जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
– आँखामा आएको कालो दाग हटाउन आलु वा काक्रोको चप बनाई सजिलै दाग हटाउन सकिन्छ l
– अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल भई अनुहारमा चम्किलोपन ल्याउँछ l