Logo

नेपालमा पहिलो पटक मानिसमा देखियो बर्ड फ्लू, एक युवाको मृत्यु



Spread the love

१९ बैशाख, काठमाडौं ।

नेपालमा पहिलो पटक मानिसलाई बर्डफ्लू लागेर मृत्यु भएको पुष्टी भएको छ । पटक पटक पंक्षीहरुमा संक्रमण देखिएपनि यसअघि सम्म नेपालमा बर्डफ्लूकै कारण मृत्यु भएको थिएन ।

गत वैशाख १५ गते काभ्रेका एक युवाको निधन भएको र त्यसको परिक्षण पछिमात्र उनलाई बर्डफ्लू लागेको थाहा भएको छ ।

स्वास्थ्य मन्त्रालयमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले यस कुराको जानकारी दिएकी छिन् । यो रोग पंक्षीबाट मानिसमा सर्ने भएपनि सतर्कता अपनाएको कारण हालसम्म कसैमा नदेखिएको पनि बताइएको छ ।

मृत्यु हुने व्यक्तिको ठेगाना काभ्रे भनिएपनि थप विवरण भने सचिव चौधरीले खुलाएकी छैनन् । ति युवालाई बर्डफ्लू भएको पुष्टी जापानको ल्याबले गरेको बताइएको छ । गत चैत महिनामा अस्पताल भर्ना भएको उनको वैशाख १५ गते मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्